Logo

निषेधाज्ञाका बारे थप निर्णय लिन प्रमुख जिल्ला अधिकारीको भर्चुल बैठक बस्दै 



उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय लिन काठमाडौं, भक्तपुर र लतिपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको भर्जुल बैठक बस्दैछ ।

बुधबार राति सम्म लम्बाइएको उपत्यकाको निषेधाज्ञाको समय सकिनै लाग्दा त्यसबारे निर्णय लिन आज भर्चुल बैठक बस्न लागेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक दाहालका अनुसार,आज बिस्तृत बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने छ । उपत्यमा कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै यस अघि लतिपुरका प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भट्टले दशैं सम्म निषेधाज्ञा थप्नु पर्ने अभिव्यक्ति दिएका थिए । 
 

उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल गरिँदैछ । यो छलफलपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठक बस्नेछ । यसबाट आउने रायअनुसार गृहको समन्वयमा निर्णय लिइने जनाइएको छ ।

प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार  ११ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।