काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एकैदिन १ हजार २०० रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार १७० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया