काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले गरेको निर्णयानुसार उक्त सभा कार्तिक ४ गते अमृतभोग, कालिकास्थानमा विहान ११ बजे सभा बोलाएको हो ।
सभाले बैंकका सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यसैगरी, सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जान वा वैदेशिक साझेदारीमा जामनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि बैंकले असोज २८ गते बुकक्लोज गर्ने भएकोले असोज २७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।




















प्रतिक्रिया