Logo

अर्थ

दसैंको मुखमा ३० अर्ब कर्जा सापटी दिँदै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारको तरलता अभावको गर्जो टार्न ३० अर्ब रुपैयाँ सापटी दिने भएको छ । बैंकले असोज १३ गते, बिहीबार जारी हुनेगरी १४ दिनका लागि ३ सय करोड अर्थात् ३० अर्ब रुपैयाँ कर्जा सापटी दिने भएको हो । 

यस्तो सापटी बैंकले रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई दिन लागेको हो । बैंकका अनुसार बिहीबार दिउँसो ३ बजे रिपो जारी हुनेछ । तरलता आवश्यक वा चाहने बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोडदेखि माथि ५ करोडले भाग गर्दा निःशेष भाग जाने पूर्ण रिपो बराबरको पैसा सम्मलाई माग आवेदन दिन सक्नेछन् । 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार १४:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।