Logo

अचम्म

अनलाइन सपिङमा ड्रोन क्यामेरा अर्डर गर्दा आलु आइपुगेपछि…



काठमाडौं । भारतको बिहारमा एक व्यक्तिले मेसोबाट ड्रोन क्यामेरा अर्डर गरेका थिए तर उनले यो पार्सल पाएपछि ड्रोन क्यामेरा बाहिर निस्किएन । पार्सल लिने क्रममा ती व्यक्तिले डेलिभरी एजेन्टलाई पार्सल खोल्न भने, त्यसपछि डेलिभरी ब्वाईले पार्सल खोल्दा ड्रोन क्यामेराको सट्टा १० वटा आलु थियो ।

जानकारीका अनुसार उनले यो ड्रोन क्यामेराको भुक्तानी अनलाइनबाट गरेका थिए । तर प्याकेटमा आलु थियो । उक्त घटनापछि डेलिभरी एजेन्टलाई वरपरका मानिसहरूले घेरा हालेका थिए । तर उनले यो ठगीमा आफ्नो गल्ती नभएर मेशोको हात रहेको बताए । एजेन्सी

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार १५:२५   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।