काठमाडौं । दशैं अगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली छाएका छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले बढेर १८५३.७६ अंकमा बन्द भएको छ । मंगलबारदेखि बढ्न सुरु भएको नेप्से लगातार तेस्रो दिन पनि बढेको हो । बिहीबार नेप्सेमा जीवन बीमाबाहेक सबै उपसूचक बढेको छ । नेप्से बढेपनि कारोबार रकममा भने खासै उत्साह देखिएन ।
चाडपर्वकै कारण लगानीकर्ता निष्क्रिय बन्दा खरिद र बिक्री अर्डर दुवै घटेको छ । जसले गर्दा कारोबार रकम पनि घटेको विश्लेषकहरु बताउँछन् । बुधबार ४८ करोडमा झरेको कारोबार रकम बिहीबार केही बढेको छ । बिहीबार बजारमा १७ लाख ९१ हजार ४८० कित्ता सेयर कारोबार हुँदा ६३ करोड २७ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४७ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ । जसमध्ये अभियान लघुवित्तको सेयर मूल्य सवार्धिक ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।




















प्रतिक्रिया