Logo

अर्थ

मेगा बैंककाे वितरण योग्य मुनाफा २४.५ प्रतिशत



काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले पाँचौ वार्षिक साधारणसभाको तयारीमा जुटेको छ । मेगा क्यापिटल हाल सञ्चालनमा रहेका ३० ओटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालीन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तीव्र गतिमा अगाडी बढेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा मेगा क्यापिटल २४.५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गर्न सफल भएको छ । मेगा क्यापिटलले हाल सम्म करिब १,८०,००० (एक लाख असि हजार) डिम्याट र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहिबाट करिब ६८,००,००,००० को पोर्टफूलियो व्यवस्थापन गर्दै आएको जनाएकाे छ ।

Corporate Advisory (संस्थागत परामर्शदाता ) सेवाको रुपमा सेवाग्राही तथा आवद्घ लगानीकर्तालाई वित्तिय समस्या हल गर्न परिणाम मूलक सेवा दिँदै मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा नँया आयाम थपेको मेगा क्यापिटलकाे दाबी छ । त्यस्तै गरी नँया कामको रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजिकरण गर्दै आएको जनाएकाे छ ।

विभिन्न कम्पनीहरुसँग IPO र Underwriting सम्झौता पनि भएको छ । अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने र लगानी व्यवस्थापन सेवा समेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।

क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्य साथ काठमाण्डौँ उपत्यका बाहिर पोखरा, वुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको छ ।

प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार  ८ : ५९ बजे