बुटवल । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउमाथि इंगित गर्दै कांग्रेस सिध्याउने अधिकार कसैलाई नभएको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र अहिले भइरहेको मनपरी रोक्न खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे ।
‘कांग्रेस सिद्धिनुभएन । राजाका बेला नसिद्धिएको, माओवादीका बेला नसकिएको कांग्रेसलाई अहिले आफ्नैबाट सम्स्यामा परेको छ’, भण्डारीले भने ।
नेता भण्डारीले अहिले समानुपातिकको नाममा चरम भागबन्डा र परिवारवाद लादिएको भन्दै त्यो आफूहरूलाई कदापि मान्य नहुनेसमेत चेतावनी दिए । उनले समानुपातिक सूची सच्चाएरै छाड्ने र विवादित मान्छेलाई सूचीबाट हटाउनेसमेत दाबी गरे ।




















प्रतिक्रिया