Logo

इन्स्योरेन्स

आईएमई लाइफ इन्स्योरेन्सको एजीएम आज, यस्ता छन् अजेन्डा



काठमाण्डौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आज असोज २६ गते डोकेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले बीमा समितिबाट तोेकिएको चुक्तापुँजी ५ अर्ब कायम गर्न संस्थापक सेयरधनीहरुबाट हाल कायम रहेको चुक्तापुँजीको सतप्रतिशतबराबरको सेयरपुँजी पुनः थप गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले आवश्यकताअनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७–७८को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार ११:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।