काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको १ हजार रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया