Logo

अर्थ

एनसीसी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आर्थिक वर्ष २०७८÷७९ को लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य रकमबाट सेयर धनीहरुलाई हालको चुक्तापुँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार ११:३९   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।