Logo

अर्थ

सामान्य अंकले घट्याे नेप्से , ८० करोड ३५ लाखको कारोबार



काठमाडौं । साताको पहिलो कारोबारकाे दिन आज (आइतबार) शेयर बजार परिसूचक (नेप्से)मा सामान्य अंककाे गिरावट आएकाे छ । नेप्से ९.६९ अंकले घटेर १८६०.९४ विन्दुमा बन्द भएको हो । आज नेप्सेमा ८० करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये २ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ वटा समूहको सेयर मूल्य घटेको छ । आज कारोबार भएका कम्पनीमध्ये ३० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७३४.६० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार पिपुल्स पावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएको छ । यसको शेयरमूल्य १० प्रतिशतले घटेको हो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज ८ करोड ४७ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार १५:२७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।