Logo

राजनीति

गगन थापा र युवा राजनीतिको वर्तमान सन्दर्भमा



परिवर्तन हरेक समयको माग हो । परिवर्तन हरेक समाजको र मानिसको आवश्यक्ता हो अर्थात् ससांरका हरेक चिजहरु परिवर्तनशील छन् जति कुराहरु परिवर्तनशील छ ती सबै कुराहरु समयका माग हुन् । पृथ्वीको माग र जिवजन्तुको उत्तपति यी सबै समयका माग हुन् । जब माग हुन्छ त्यस कुराको परिपूर्ति पनि प्राय सम्भावनाले भरिएको हुन्छ ।

राजनीतिमा पनि परिवर्तनका मागहरु आइरहन्छन् र मागअनुसार परिपूर्ति पनि भइरहेको हुन्छ । राणा शासनको अन्त्यको माग नेपाली समाज र त्यो समयको माग थियो । हामी २००७ सालमा प्रजातन्त्र स्थापना गरेर माग भएको कुरालाई पूर्ति गर्‍यौं । यदि कुनै पनि वस्तुको माग हुन्छ भने यदि भने त्यसको परिपुर्ति हुन सम्भव छ । अर्थात अहिले नेपाली समाजले नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक र आर्थिक रुपान्तरणका सन्दर्भमा एक सवल, सक्षम र नेपाली समाजको विकासको गतिलाई बृहत तरिकाले हाँक्न सक्ने प्रकारको नेता चाहिएको छ । समकालिन विश्व राजनीतिमा पनि यस प्रकारका प्रयोगहरु भइरहेका छन् । जस्तै हामी फिनलेण्डको उदाहरण दिन सक्छौं ।

नेपालको सन्दर्भमा पनि आज समयको माग युवा राजनेताको भइरहेको छ अर्थात यस मागको परिपूर्ति पनि सम्भावनाले भरिएको छ । जस्तै काठमाडौंले युवा भिजन भएको समय सापेक्ष काम गर्न सक्ने खाले नेतृत्वको खोजी गरिरहेको थियो, आज युवा बालेन साह मेयर छन् । समयको माग एक शक्तिशाली चिज हो जुन हर हालतमा पूर्ति हुन्छ ।

विगत सात सालदेखि आजको अवस्थासम्म पनि नेपालको राजनीतिले स्थिरता पाउन सकेन । २०१५ सालको आमनिर्वाचनले चयन गरेको नेतृत्व होस् अथवा २०४६ सालको प्रजातन्त्र पुनः स्थापानादेखि राजा ज्ञानेन्द्रको उदय हुनु अगाडि पनि नेपालको राजनीतिले स्थिरताका लागि काम गर्न सकेन । यसको अर्थ कुनै पनि अवस्थामा राजनीति स्थिर भएन, जसको कारण जनअपेक्षाअनुसार काम हुन सक्दैन । यो विश्वका कयौं असफलभएका देशहरु ऋथवा कुनै पनि प्रकारले अस्थिर राजनीति भएका मुलुकहको अवस्थालाई हेर्ने हो भने त्यो छर्लङ देखिन्छ । हुन सक्छ तुलनात्मक रुपमा असफल मुलुकसँग नेपाललाई दाँज्न नमिल्ला तर राजनीतिक अस्थिरता भएका मुलुक र हाम्रो जस्तो राजनीतिक प्रणाली भएका मुलुकको अवस्था लगभग उस्तै नै हो ।

आज हामीले नेपालजस्तो मुलुकमा बसेर पनि कर तिर्नकै लागि लाइन बस्नु पर्ने बाध्यता छ । कुनै न कुनै प्रकारले प्रशासनिक झन्झट बेहोरिरहनु परेको नै छ । सरकारका अगंहरु कतिय अवस्थामा सहज तरिकाले सञ्चालन हुन सकिरहेका छैनन् । शिक्षा स्वास्थ रोजगार जस्ता महत्वपूर्ण विषयहरु हरेक नागरिरकको पहुँचमा पुग्न सकिरहेका छैनन् । नाैं जवान युवाहरु खाडिमा गएर कतिपय बाकस प्याक भएर आइरहेका उदाहरण दिनकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको नै छ ।

यसको अर्थ परिवर्तन पछाडिको नविन नेपालको परिवर्तीत अवस्था यहि रुपमा रहनु हुने थिएन, जनताले कम्तिमा राज्यका निकायबाट पाउनु पर्ने सुविधाहर सहज निर्वाध रुपमा पाउन पर्ने थियो । यहाँसम्म कि विदेशमा गएर दुःख गर्छु भन्ने युवाहरुको लागि राहदानी महिनौ लगाएर बनाउनु पर्ने अवस्था अहिले विद्यमान छ । यी सबै कारण के को हो त ? उत्तर यहिँनेर आउँछ । परिवर्तन पछाडीको नेपाली समाजलाई सही तरिकाले अगाडि बढाउन सक्ने खालको नेतृत्व नहुनु अर्थात अहिले जे भइरहेको छ जसरी चलिरहेको छ यो नाजुक तरिकाले नाजुक नेतृत्वहरुले चलाइरहनु भएको छ हो । यही कुरालाई अन्त्य गरेर नेपाली समाजमा राजनीतिक कोर्षलाई नयाँ शिराबाट अगाडि बढाउनु पर्छ भनेर नै गगन थापा जस्ता नेपाली राजतीतिका हस्तियुवाले भनेको कुरालाई हामी सबैले स्मरण गर्न जरुरी छ ।

जसरी हिजो हामीले प्रजातन्त्रको स्थापना गर्‍यौं, क्रमिक रुपमा प्रजातन्त्र स्थापनाको करिब ५० बर्ष पछाडि आइपुग्दा समयको माग राजतन्त्रको अन्त्य गर्ने गरि सुरुवात भयो । एकातिर मुलुक माओवादी जनयुद्धबाट गुज्रिरहेको थियो भने अर्को तिर तानाशाही निरंकुश शासनको अवस्थाबाट मुलुक पुुरापुर बन्दि जस्तो अवस्थामा थियो । स्वतन्त्र पत्रकारितामाथि लगाइएको प्रतिबन्धले समाजमा कहाँ के भइरहेको छ भनेर थाहा पाउने अवस्था थिएन ।

यस्तो जटिल अवस्थामा गगन थापा जस्ता युवाको उदय भएको थियो । विद्यार्थी आन्दोल मार्फत नेपाको राजनीतिमा एक शसक्त, प्रखर, स्पष्ट वक्ताको उदय नेपाली राजनीतिमा भएकिो हो । निरंकुश राज्य सत्ताको चिरहरण गर्नका लागि आफ्नो ज्यानको प्रवाह नगरी नेपाली विद्यार्थी आन्दोलनलमार्फत नेपालको निरंकुश राज्य सत्तालाई परास्त गर्नको लागि अहम भुमिका खेल्ने व्यक्ति हुन् गगन थापा ।
गगन थापा आफ्नै खुट्टामा उभिएको राजनीतिक व्यक्ति हुन् । उनी कसैले पद दिएको भरमा अथवा पारिवारिक विरासतमा एकाएक नेपाली राजनीतिमा आएका पात्र हैनन् । उनले विद्यार्थी आन्दोलनलाई सडकबाट स्थापित गराउँदै लोकतन्त्रको स्थापनार्थ प्रहरीको लाठ्ठि र हिरासतको चिसो हावा खाँदै लोकतन्त्रको सुन्दर फूलबारी निर्माण गर्न नित्य निरन्तर सङ्घर्ष गर्ने व्यक्ति हुन् । अर्थात गगन थापा एक युगको विचार हुन् । समयको माग र नेपाली समाजको आवश्यक्ता हुन् । नेपाली रष्ट्रय राजनीतिको बागडोर सम्हाल्ने र त्यसलाई ठिकसँग उपयोग गरी नेपाली समाजका आवरशयक्ताको परिपूर्ति गगन थापाले पुरा गर्न सक्छन् ।

गगन नै किन ?

गगन थापा आन्दोलनले जन्माएका नेता हुन् । उनीसँग हरेक कुरामा स्पष्ट रुपमा आफ्नो कुरा राख्ने सक्षमता छ । उनी निडर, निर्भिक, स्वाभिमानी र सालिन व्यक्ति हुन् । परिआउँदा आफ्नै नेता, पार्टी, सभापति र आफ्नो सकारको आलोचना गर्न सक्छन् र राम्रा कामको स्वामित्व लिन सक्ने साहस राख्छन् ।

उनी अध्ययनशील छन् । नेपाली समाजको चौतर्फी विकासको लागि उनीसँग भिजन छ त्यो भिजन कार्यान्वयन गर्न सक्ने सामथ्र्य उनीसँग छ । नेपालमा अब युवाहरुले राजनीतिको बागडोर सम्हाल्नु पर्छ र आयामिक विकास गर्नुपर्छ भन्ने विषयमा उनी प्रष्ट छन् ।

अबको करिब दश वर्ष राजनीति गरी सकेपछि उनले नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्छ भन्ने षियमा उनले राखेको कुरा र नेपाली समाजले खोजेको कुरा मिल्दो जुल्दो छ । लोक कल्याणकारी अर्थनीति र तेस्रा विश्वका नागरिकहरुको उन्नती र प्रगतिको बारेमा उनी धेरै अनुभवि छन् ।

उनीसँग जोशजाँगरले भरिएका लाखांै युवाहरुको साथ दिने पङक्ती छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा उनका आफ्नै विशेष पहिचान रहेकोछ । स्वास्थमन्त्री हुँदा उनले ल्याएको एक कार्यक्रम स्वास्थबीमा नेपालको स्वास्थ क्षेत्रको एक लोक प्रियकार्यक्रम हो ।

आजको नेपालको आवश्यक्ता भनेको नै एक कुशल विकासका कयौं आयामहरु जानेको र आगामी दिनमा नेपाली समाजलाई अन्तर्राष्ट्रिय विकासको गतिमा हाँकेर नेपालको आर्थिक, सामाजिक, सास्कृतिक र शैक्षिक विकासलाई आम नेपाली जनताको माग र चाहानाका आधारमा विकास गर्न सक्ने नेताको खाँचो हो । भौगौलिक रुपमा भू—परिवेष्ठित राष्ट्रका विकासका लागि कतिपय अवस्थामा कठिनाई होला तर नेपाली समाजमा भएका स्रोत र साधनको समुचित परिलाचन गरेर मात्रै भएपनि विकासका लागि व्यवस्थापन गर्न सक्ने नेतृत्वको आवश्यक्ता समाजलाई छ । यदि यो समाजलाई त्यस्तो नेतृत्व आवश्यक छ भने त्यो नेतृत्व गगन थापा हुन् ।

आज कुनै पार्टीमा पनि हामीले यदि हेर्यौ भने त्यस्तो भिजन भएको नेता आजको समकालिन राजनीतिमा हामीले पाउन सक्दैनौं । समयको गतिशीलताको बोध, आर्थिक विकासका लागि व्यवस्थापनमा जोड दिन सक्ने खालको नेता चाहिन्छ ।

समष्टिगतरुपमा गगन थापा नेपालको समकालिन राजनीतिको आशाको केन्द्र हुन् । विद्यार्थी आन्दोलनमा उनले ल्याएको आयाम र योगदान, उनले ससंदमा खेलेको भुमिका, पार्टीको आन्तरिक जीवनमा शसक्त प्रतिपक्षको रुपमा आफुलाई स्थापित गरेर गलतलाई गलत भन्न सक्ने साहस बोकेको नेता राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिमा उनको आफ्नै प्रकारको पहिचान, भिजन, स्पष्ट दृष्टिकोण तथा उनको कामप्रतिको दृढ निश्चय र राजनीतिमा पुस्ता हस्तान्तरण गरी नयाँलाई राजनीति सुम्पेर रिटार्यड लाइफ बिताउने उनको संकल्पका लागि हामी सबैलो उनलाई ससंद हँुदै प्रधानमन्त्रीका रुपमा यो देशको बागडोर सम्हाल्ने स्थानमा पुर्याउन जरुरी छ । र यो समयको मागलाई पूर्ति गरी नेपालको सुदूर भविश्यलाइ सुरक्षित सरल र विकासको दिर्घकालिन लक्ष्यलाई अगाडि बढाउन कोसेढुङ्गा सावित हुने छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १३:३५   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।