Logo

शेयर बजार

सेयर बजार लगातार ओरालो, कारोबार रकममा पनि गिरावट



यो साता देखिनै सेयर उत्साहजनक देखिएको छ । साताको चौथों दिन आज बुधबार पनि सेयर बजार ओरालो नै लागेको छ । आज कारोबार मापक नेप्से परिसूचक ७  ७ दशमलव ४९ अंकले घटेर १ हजार ५ सय ६१ दशमलव १७ अंकमा झरेको छ । 

यो सँगै कारोबार रकममा समेत गिरावट आएको छ । आज दिनभर भएका २४ हजार ८ सय ९९ कारोबारबाट १९५ कम्पनीका ५२ लाख ९१ हजार ३ सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् । जस अनुसार कारोबार रकम १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९ सय ९२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

कारोबार रकमका आधारमा बुधबार सबै भन्दा धेरै कारोबार जनरल इन्स्योरेन्सको भएको छ । सोमबार नेप्सेमा सूचिकृत भएर जनरलको मंगलबारदेखिमात्रै कारोबार शुरु भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : १८ बजे