Logo

प्रवास

ट्रेनको ठक्करबाट क्रोयसियामा एक नेपालीको मृत्यु



काठमाडौं । ट्रेनको ठक्करबाट क्रोयसियामा एक नेपालीको मृत्यु भएको छ । क्रोयसियाको राजधानी जागरिबस्थित सेसभेस सहरमा काम गरेर फर्किने क्रममा रोल्पा घर भएका टिकाराम घर्तिमगरको मृत्यु भएको नेपाली समाज क्रोयसियाका अध्यक्ष हरिबहादुर लामाले जानकारी दिए ।

अन्दाजी ४० वर्षका घर्तिमगर दुई महिनाअघि मात्रै क्रोयसिया पुगेका थिए । कन्ट्रक्सन कम्पनीमा काम गरेर फर्किने क्रममा बुधबार पाँच बजेर १५ मिनेटमा ट्रेनले ठक्कर दिएपछि घटनास्थलमै उनको मृत्यु भएको लामाले बताए । 

प्रकाशित मिति : कार्तिक १७, २०७९ बिहीबार  ९ : ०१ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।