Logo

कर्पोरेट फोकस

प्रभु बैंकका ग्राहकलाई होटेल मुस्ताङ ताजमा आकर्षक छुट



काठमाण्डौ । प्रभु बैंक लिमिटेड र मुस्ताङस्थित होटेल मुस्ताङ ताज एन्ड थकाली किचेनबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटेल मुस्ताङ ताजका तर्फबाट प्रोप्राइटर योगेश शेरचनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले होटेल मुस्ताङ ताजद्वारा सञ्चालित फुड, बेभरेज र लजिङ सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा होटेल मुस्ताङ ताजका उल्लेखित सेवाहरुमा छुट प्राप्त गर्नेछन् ।

यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १२:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।