काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमासमा रु २१.५२ करोड खुद नाफा आर्जन गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा १३३.२८ प्रतिशतले बढी हो ।
खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि रु. १६.७८ बाट बढेर रु. ३५.५८ कायम हुन आएको छ। एकीकृतित आय व्यय हिसाबबाट सारेको बचतमा वृद्धि, लगानी तथा कर्जा वापत आय उलेख्य २२.५८ प्रतिशतले तथा कुल आय ४३.५९ प्रतिशतले बढेका कारणले कम्पनीको खुद नाफा बढेको हो ।
रु.२.४२ अर्ब चुक्ता पूंजी रहेको जीवन बिमा कम्पनीको जगेडा कोष ५६.६९ प्रतिशतले बढेर रु. १.०३ अर्ब कायम हुन आएको छ । यस्तै, बीमा कोष बढेर रु. ७.०४ अर्ब कायम भएको छ भने कुल शेयरधनीकोषमा रु. ३.४५ अर्ब कायम रहेको छ । शेयरधनीकोष बढेसँगै प्रतिशेयर किताबी मुल्य पनि रु १३३.६१ बाट बढेर रु १४२.८० कायम हुन आएको छ ।
जीवन बिमा व्यवसाय गर्ने यस इन्स्योरन्ससँग २९ हजार ३२३ बीमालेख कायम रहेका छन् जसबाट चालु आ.व.मा रु. ९४.४६ करोड बीमा शुल्क संकलन भएको छ । बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.५१ प्रतिशतले बढेको छ ।




















प्रतिक्रिया