Logo

अर्थ

युनाइटेड इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडाैं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। युनाइटेड इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको कात्तिक २५ गते (शुक्रबार) बसेको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशतले हुन आउने लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार ११:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।