Logo

मधेश प्रदेश

सप्तरी–२ : प्रदेशसभातर्फ पनि सीके राउतकै पार्टीको अग्रता



सप्तरी । सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभाका दुवै सिटमा सीके राउत नेतृत्वको जनमत पार्टीले अग्रता दिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार प्रदेशसभा (१) मा जनमत पार्टीका उम्मेदवार सतिशकुमार सिंहको ७३१, लोसपा नेपाल र जसपा नेपालका उम्मेदवारले समान १५२ मत पाएका छन् ।

यस्तै, प्रदेशसभा (२) मा जनमत पार्टीका महेशप्रसाद यादवले ५३७ मत पाएका छन् । दोस्रो स्थानमा माओवादी केन्द्रका उमेशकुमार यादवले ३०८ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १३:००   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।