Logo

प्रमुख समाचार

अपडेट : बाँके–३ मा कांग्रेस सह-महामन्त्री राठौरभन्दा एमालेका कक्षपती अगाडि



बाँकेको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरभन्दा नेकपा एमालेका नेता किस्मतकुमार कक्षपती अगाडि छन् । मंगलबार बिहान ७ बजेतिर सार्वजनिक मत परिणाम अनुसार ११ हजार ६६३ मत गणना हुँदा एमालेका कक्षपतीले ३०९९ मत प्राप्त गरेका छन् ।

कांग्रेसका सहमहामन्त्री राठौरले २४२३ मत प्राप्त गरेका छन्। हालसम्म यी दुई बीचको मतान्तर ६७६ छ । यहाँ राष्टिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले १०५१ मत प्राप्त गरेका छन्। हालसम्म ४४७ मत बदर भएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ८ : १३ बजे