Logo

प्रमुख समाचार

कञ्चनपुर १ : बिना मगर हार्ने निश्चत, कति आयो मत ?



प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ नेकपा एमालेका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेका छन् । एमाले उम्मेदवार तारालामा तामाङले ११ हजार ४०९ मतसहित अग्र स्थानमा छन् ।

उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी बिना मगरले ७ हजार ४०८ मत पाएकी छिन् । तामाङले मगरको भन्दा ४००१ मतान्तरले अगाडि छन् । २४ हजार २३३ मत गणना हुँदासम्म १ हजार ५३४ मत बदर भएका छन् । १० जना उम्मेदवार रहेको क्षेत्र नम्बर १ मा राप्रपाका दिल्ली बहादुर शाहीले १ हजार ३४३ मत पाएका छन् ।

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  ५ : १९ बजे