Logo

मधेश प्रदेश

महोत्तरी-३ को (१) र (२) मा लोसपाका उम्मेदवार निर्वाचित



महोत्तरी । महोत्तरी जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ को (१) र (२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार आज बिहान आएको मतगणनाको अन्तिम परिणामअनुसार ३ (१) मा लोसपाका नेता अभिराम शर्मा विजयी भएका छन् भने ३ (२) मा लोसपाकै नेत्री रानीकुमार तिवारी विजयी भएका छन् । ३ (१) मा लोसपाका शर्माले नौ हजार आठ सय ९२ मत प्राप्त गर्दै विजयी भएकाे छ ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका दिपेन्द्र झाले नौ हजार सात सय १८ मत प्राप्त गरेका छन् । लोसपा नेता अभिराम शर्मा यस क्षेत्रबाट यसअघि पनि प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

त्यसैगरी ३ (२) मा लोसपाकै तिवारीले छ हजार चार सय १४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार उज्ज्वलकुमार झाले पाँच हजार चार सय ८९ मत प्राप्त गरेका छन् । तिवारीले झालाई नौ सय २५ मतले पराजित गरेका छन् । तिवारी पनि यस क्षेत्रबाट पुनः प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ७ : ४२ बजे