Logo

प्रमुख समाचार

समानुपातिकतर्फ एमाले र कांग्रेसले कटाए ५ लाख मत



काठमाडौं । समानुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले ५ लाख मत कटाएको छ । बिहीबार मध्याह्न १२ बजेसम्म पहिलो स्थानमा रहेको नेकपा एमालेले ५ लाख ३७ हजार ७७७ मत पाएको छ । 

निर्वाचन आयोगका अनुसार जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ७७ हजार तथा माओवादी केन्द्रले २ लाख ४७ हजार मत पाएको छ । यस्तै राप्रपाले १ लाख ४७ हजार मत पाएको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  १२ : ३७ बजे