Logo

कर्णाली प्रदेश

हुम्लामा माओवादीका लामा निर्वाचित



हुम्लाबाट छिरिङ डम्डुल लामा (कार्चेन) प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका लामा १४३७१ मतसहित निर्वाचित भएका हुन्।

अन्तिम मत परिणामअनुसार लामाका प्रतिस्पर्धी दल रावलले ९५१६ मत ल्याएका छन्।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामा यसअघि कर्णाली प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए। उनी ६ महिनाका लागि गैरसांसद मन्त्री बनेका हुन्।

लामासँग पराजित भएका रावल यसअघि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री थिए।

उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार २३:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।