Logo

कोशी प्रदेश

इलाम-१ मा सुवास नेम्वाङलाई पछ्याइरहेका डम्बर खड्काले घटाए मतान्तर



इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डम्बर खड्काले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका सुवास नेम्वाङसँगको मतान्तर घटाउँदै लगेका छन् ।

देउमाई नगरपालिका क्षेत्र गणना हुँदासम्म १७ सयभन्दा बढी मतले पछि परेका कांग्रेसका खड्काले इलाम नगरका ७, ८ र ९ नम्बर वडाको मतगणना हुँदा मतान्तर घटाएर हजार हाराहारीमा झारेका छन् ।

जारी गणनामा हालसम्म सुवास नेम्वाङले २४ हजार १ सय ६२ मत पाउँदा डम्बर खड्काले २३ हजार १ सय ९ मत पाएका छन् । अहिलेको मतान्तर १०५३ छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार ००:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।