Logo

प्रमुख समाचार

बागमती प्रदेशमा राप्रपाले ७ सांसद जित्यो, समानुपातिकतर्फ तेस्रो ठूलो दल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेश सभामा ७ सिटमा जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म मत परिणाम आएका ५६ सिटमध्ये ७ सिट राप्रपाले जितेको हो ।

राप्रपाले जितेका सातमध्ये पाँच प्रदेश सभा सांसद काठमाडौंका हुन् भने दुई जना धादिङ र चितवनका हुन् । समानुपातिकतर्फ पनि बागमतीमा राप्रपा अहिलेसम्म तेस्रो स्थानमा छ । बागमती प्रदेश सभामा १३ लाख ५१ हजार मत गणना हुँदा राप्रपाले २ लाख ४ हजार अर्थात् १५ प्रतिशत मत पाएको छ ।

प्रतिनिधि सभातर्फ राप्रपाले प्रत्यक्षमा सात ठाउँमा जित हात पारेको छ भने समानुपातिकमा पनि चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १४:३९   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।