Logo

टिप्पणी

खुम्चिए ठूला दल, मत कि घण्टीलाई कि गाईलाई


१४ मंसिर २०७९, बुधबार ११:१२  

411 Shares

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन । अझै १५ हजार भन्दा बढी मत गणना गर्ने बाँकी छ । अहिलेसम्मको मत गणना अनुसार  एमाले पहिलो, काँग्रेस दोस्रो, माओवादी तेस्रो, रास्वपा चौथो, राप्रपा पाँचौँ, जसपा छैटौँ स्थानमा छन् । यी यी ६ दलले थ्रेस होल्ड कटाए । जनमत र समाजवादी दललाई थ्रेस होल्ड कटाउन धौ–धौ छ । 

निर्वाचन आयोगले नियमानुसार ३ प्रतिशत सदर मत कटाउने दल मात्रै राष्ट्रिय दल हुन पाउने छन् । गएको ४ गते भएको मतदानमा ६१ प्रतिशत मत खसेको आयोगको भनाइ छ । जसमा १ करोड ९ लाख ७३ हजार मतदाता मतदानमा सहभागी भएका थिए । जम्मा मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० थियो ।

अघिल्लो चुनावमा १ करोड ५४ लाख २७ हजार मतदाता रहेकोमा यस पटक बढेर १ करोड ७९ लाख ८८ हजार ५ सय ७० पुगेको छ । २०७४ को चुनावमा समानुपातिकमा ९५ लाख ४४ हजार ७७९ मत सदर भएको थियो । तथ्याङ्क अनुसार यस पटक मतदाताको सङ्ख्या बढे पनि दलहरूले प्राप्त गरेको मत भने घटेको देखिन्छ  ।

एमाले 

समानुपातिक तर्फ हालसम्मको परिणामअनुसार एमाले अगाडि छ । गणना सम्पन्न भएको मतअनुसार एमालेले २५ लाख ३८ हजार मत पाएको छ । यो कुल मतको २७.२३ प्रतिशत हो । २०७४ को चुनावमा एमालेले ३३.२४ प्रतिशत मत पाएको थियो । अघिल्लो चुनावको तुलनामा एमालेले यस पटक ६.०१ प्रतिशत कम मत ल्याएको छ । 

काँग्रेस

नेपाली काँग्रेसले हालसम्म २४ लाख २ हजार मत पाएको छ । यो सङ्ख्या कुल मतको २५.७७ प्रतिशत हो । अघिल्लो चुनावमा काँग्रेसले ३१ लाख २८ हजार ३८९ मत अर्थात् ३२.७७ प्रतिशत मत पाएको थियो । २०७४ को चुनावभन्दा ७ प्रतिशत मत कम काँग्रेसले पाएको छ ।

माओवादी 

माओवादी केन्द्रलाई पनि अहिलेको चुनावी परिणाम अनुसार २ प्रतिशत मत घाटा भएको छ । माओवादीले १० लाख ६६ हजार मत ल्यायो । प्रतिसतमा हेर्दा यो कुल मतको ११.४४ प्रतिशत हो । २०७४ को चुनावभन्दा माओवादीले २.२० प्रतिशत कम मत पाएको देखिन्छ । 

काँग्रेस, एमाले वा माओवादीले गुमाएको मत नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र अर्को राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएको देखिन्छ । अघिल्लो पटक राष्ट्रिय पार्टी बन्न नसकेको राप्रपा यस पटक राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । हालसम्म उसले ५ लाख ४६ हजार मत पाएको छ ।

पहिलो पटक चुनावमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीको नजिकनजिक पुगेको छ । उसले १० लाख ६४ हजार मत पाएको छ । 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार ११:१२   :  बजे

411
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।