मतगणना अन्तिमतिर आइपुग्दा सुनसरी क्षेत्र नम्बर ४ मा पुनः नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बनाएका छन् ।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार बहालवाला सञ्चारमन्त्रीसमेत रहेका कार्कीले ३० हजार १७० मत पाउँदा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १ सय ३९ मत ल्याएका छन् ।
मन्त्री कार्की ३१ मतले अघि बढेका हुन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३१९६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३१५२ मत ल्याएका छन् । अब ६०० मत गन्न बाँकी रहेको छ ।




















प्रतिक्रिया