Logo

कोशी प्रदेश

सुनसरी -४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित



सुनसरी क्षेत्र नम्बर ४ मा पुनः नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

२०७४ मा एमाले माओवादीको गठबन्ध हुदा समेत जीत निकालेका सञ्चारमन्त्रीसमेत रहेकाकार्कीले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए ।

दुईजनाबीचको मतान्तर ११२ रहेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३१९६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३१५२ मत ल्याएका छन् ।

अघिल्लो निर्वाचनमा जस्तो यो निर्वाचनमा कार्कीलाई सहज भएन । १३५८ मत गन्न बाँकी हुँदा उनी ८२ मतले पछाडि परेका थिए । त्यो स्थितिलाई उल्टाएर उनले लगातार लिड गरे ।

सुनसरी- ४ नेपाली राजनीतिको लागि महत्वपूर्ण मानिन्छ । यस क्षेत्रबाट पाँच पटकसम्म प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालादेखि पटकपटक सत्तामा पुगेका उपेन्द्र यादवसमेत यो क्षेत्रबाट जितेर गएका छन् ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र र २०५६ सालमा यहीँबाट चुनाव जितेका थिए ।

प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार  ११ : २२ बजे

426
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।