काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश घाेषणा गरेको छ ।संस्थाको सञ्चालक समितिको हिजो मंसिर १५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २०७९ असार मसान्त कायम चुक्तापुँजीकाे २० प्रतिशत लाभाश दिने प्रस्ताव गरेकाे हाे ।
९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीको कुल २० प्रतिशतले हुन आउने १९ करोड २८ लाख ९८ हजार ४८० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार ५५६ रुपैयाँबराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने ९६ लाख ४४ हजार ९२४ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन् ।




















प्रतिक्रिया