Logo

राजनीति

‘सबैका लागि धेरै गर्नुभो सभापति ज्यू, अब गगनलाई अघि सारेर अर्को महत्वपूर्ण जिम्मेवारी पूरा गर्नुस्’



अनुभव र योगदानका हिसाबले शेरबहादुर दाईले देशका लागी धेरै दिनुभयो । जब जब मुलुकको नेतृत्व गर्नुभयो अपठ्यारै परिस्थितीमा गर्नुभयो । शेरबहादुरको नामसँग जोडिएर डडेलधुरा मात्रै हैन, सिंगो सुदुरपश्चिमलाई देशले चिनेको हो । प्रजातन्त्रिक हक स्थापनार्थ आफ्नो जीवनको मूल्यवान समय र भौतिक रुपमै क्षति बेहोर्ने उहाँको नाम इतिहासमा लेखिइसकेको छ ।

कमैयाँ मुक्तिदेखि, दलितका अधिकार स्थापनार्थ दलित आयोग, भ्रष्ट्रचार उन्मुलनका निम्ति अख्तियार, आदी थुप्रै नीतिगत सुरुवातले पनि शेरबहादुर देउवा कम बोलेर धेरै काम गर्ने नेताका रुपमा आउने युगले चिनिरहनेछ। शेरबहादुर दाईले विकराल राजनैतिक परिस्थितिसँग जुद्दै जे जति दिन सकिन्थियो दिनुभएको छ । उहाँको तुलना समकालिन राजनीतिको जो कोहीसँग हुँदैन । हामी उहाँलाई विशेष सम्मान र श्रद्धा गर्छौँ ।

सोही अनुरुप आफ्नो वयश्क कालदेखी आजका मितिसम्म राजनीतीमा सक्रिय रहेर उहाँले देशको सुखद भविष्यका निम्ति सकरात्मक प्रयत्न गर्दागर्दै समयको स्वभाविक चक्रले उहाँलाई पाको बनाएको छ। प्राकृतिक रुपमै उहाँको यो उमेरमा जुन इच्छाशक्ति देखाएर उहाँ काम गर्न चाहानुहुन्छ त्यसको कार्यान्वयन गर्न उमेरका कारण उहाँलाई असहज हुनसक्छ।

जुँगाको रेखि बस्दै गर्दा देखिको किश्वरावस्थाबाट आजपर्यन्त अनवरत राजनैतिक यात्रामा सक्रिय रहँदै गर्दा उहाँको शरिरले पनि आरम माग्ने बेला आइसकेको छ। उहाँ हाम्रो सभापति, विशिष्ट अभिभावक हो। त्यसैले अभिभावकको स्थानमा रहेर उहाँले आफ्ना परिपक्क अनुभवहरु द्वारा युवालाई निर्देशित गरेर नविन नेतृत्वलाई सहि दिशा दिने र युवाहरुलाई उनीहरुको क्षमताको परीक्षण गर्ने मौका दिने हो भने देशको भविष्यले सुनिश्चितता प्राप्त गर्ने थियो ।

म अरु सरह उहाँप्रतिको आग्रह पूर्वाग्रह राखेर उहाँको बारेमा टिप्पणी र केवल विरोधका लागि विरोध गर्ने मानसिकता राख्दिन। उहाँ जतिको पाको र परिपक्क नेताले यो युगको आवश्यकतालाई बुझेर, पार्टीको आगामी संसदीय दलको नेतामा सर्वोपरी चासो र आशाका केन्द्र गगन थापालाई आफ्नो राजनैतिक उत्तराधिकारीका रुपमा सिफारिस गरेर, पार्टीइको दीगो भविष्यका लागि जिम्मोवारीपूर्ण कदम चाल्नु हुनेछ भन्नेमा हामी आम कार्यकर्ता आशावादी छौं ।साथै, पा

र्टीका अन्य विभिन्न तह र तप्काका उच्च पदस्त नेता ज्युहरुले गगनलाई व्यक्तिको रुपमा मात्रै नभएर पुस्ताको रुपमा बुझि, उदाउँदो युगले उदाइरहेको गगनलाई मागिरहेको कटुसत्यलाई यथाशीघ्र बुझ्ने प्रयत्न गरी त्यसलाई स्वीकार्न सक्नु भएको खण्डमा मात्रै नेपाली कांग्रेसले आफ्नो दीर्घकालिन भविष्यलाई सुरक्षित गर्ने र सोही कारणले संरक्षित एवम् संगठित पार्टी रहेमा मात्रै आउने दिनहरुमा अन्य अवसरका ढोकाहरु खोलिने हुँदा, पार्टीभित्रको बिराट बौद्धिक विरासत ‘गगन थापा’को पक्षमा उभिने विषयमा पनि हामी सबै विश्वस्त छौं ।

अनत्यमाः पुस्तान्तरणका माध्यमबाट आम जनताको मनमा रहेको राजनीतिप्रतिको नैराश्यता र वितृष्णाका विरुद्ध विकल्प दिनसक्ने भएकाले नेपाली कांग्रेस, आउने पुस्ता, आउँदो युग र सिंगो देशको भविष्यका निम्ति जिम्मेवार भएर सोच्दै, सिंगो देशले आगामी प्रधानमन्त्रीको रुपमा गगन थापालाई हेर्न चाहेकाले जनताको यो मनोकांक्षा पूरा गरी सबैमा आशा र भरोसा भर्नका लागि संसदीय दलको निर्वाचनमा सहभागी हुनुहुने सम्पूर्ण नेतागढहरुमा आम कार्यकर्ताको तर्फबाट सविनय अपिल र आग्रह गर्दछौं ।

प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार  ९ : ३५ बजे

720
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।