Logo

कर्णाली प्रदेश

जुम्लालाई भ्रष्टाचारमुक्त बनाउने नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीको प्रतिबद्धता



जुम्ला । मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले जुम्लालाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने प्रतिबद्धता जनाएका छन् ।

भ्रष्टाचार विरोधी अभियन्ता समेत रहेका शाही राप्रपाको केन्द्रीय प्रवक्ता हुँदै गत निर्वाचनबाट बहूमतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । जुम्लामा आयोजित बधाई कार्यक्रममा शाहीले बरु आफू मृत्यु स्विकार्न तयार रहेको तर भ्रष्टाचार नसहने प्रतिबद्धता जनाए ।

जुम्लामा गुणस्तरीय स्वास्थ्य, शिक्षा, सडक, सञ्चार, पर्यटन र कृषि क्षेत्रको विकासका लागि नीति निर्माणदेखि संघीय मन्त्रालयदेखि दातृ निकायसँग पहल गर्ने समेत उनको भनाई छ ।

प्रदेश सांसदको प्राथमिकता : पर्यटन र कृषि

जुम्ला प्रदेश (क) र प्रदेश (ख)बाट निर्वाचित सांसदहरुले जुम्लाको आर्थिक समृद्धि र विकासका लागि कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आयोजित नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा जुम्ला प्रदेश (क) बाट निर्वाचित देवेन्द्र बहादुर शाहीले भ्रष्टाचारमुक्त जिल्लाबाट साझा ऐक्यबद्धता रहेको भन्दै जुम्लाको कृषि उत्पादन वृद्धि, बजारीकरण तथा किसानको आय वृद्धिमा जोड दिने प्रतिबद्धता जनाए ।

प्रदेश सभा सांसद टेकराज पछाइले जुम्ला सिंजा बनाउने आफ्नो योजना रहेको बताए ।

पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नवनिर्वाचित सांसदहरूलाई बधाई ज्ञापन गर्दै राम्रा कामलाई प्रशंसा गर्ने र गलत कामको विरुद्ध खबरदारी गरिने बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार ११:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।