स्याङ्जा क्षेत्र न २ मा गएको मंसिर ४ गते भएको निर्वाचनमा नेकपा (एमाले)ले नेपाली कांग्रेसलाई बुथ कब्जा गरेको आरोप लगाउँदै आएको थियो । निर्वाचन आयोगका अध्यायन टोलीले अध्यायन गरेपछि ११ दिनपछि मतगडना सुरु भएको भएको थियो । एमालेले लगाएको आरोपको पुष्टिका लागि मद्धत पुग्ने गरी नेपाली कांग्रेसले अप्रत्यासित मत ल्याएको छ ।
नेपाली कांग्रेसको गढ मानिएको चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ मा कांग्रेसले बुथ कब्जा गरेर एकलौटी मतदान गरेको आरोप एमालेले लगाएको थियो । एमालेले पुनः मतदानको माग गरी निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
बुथ कब्जा भएको भनिएको ३ नम्बर वडामा कांग्रेसका उम्मेदवार धनराज गुरुङ र प्रदेशका कांग्रेस उम्मेदवार महेश भट्टराईले बराबरी १ हजार ४२६ मत पाएपछि झन् एमालेको आरोपमा बल पुगेको छ । यहाँ एमालेकी सचिव पद्मा अर्याल र प्रदेशका उम्मेदवार बुद्धिमान श्रेष्ठले पनि बराबर १०३ मत पाएका छन् ।
त्यस्तै ४ नम्बर वडामा पनि गुरुङले १ हजार ३७९ मत पाउँदा अर्यालले १८८ मात्र पाएकी छन् । यहाँको अप्रत्यासित मतपरिणामले एमालेलाई अत्याएको छ ।
शनिबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार धनराजले २९ हजार ३३ मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २२ हजार ९७९ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ६ हजार ५४ रहेको छ ।
प्रतिक्रिया