काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार ओरालो लागेको छ । सोमबार सेयर बजार १.२५ प्रतिशतले घटेको हो ।
यस दिन सेयर बजार मापक नेप्से परिसूचक २४.४६ अंकले घटेर १९३८.७६ बिन्दुमा ओर्लिएको छ । आज सेन्सेटिभ परिसूचक पनि ५.१९ अंकले घेत्र ३७९.६४ बिन्दुमा झरेको छ ।
कारोबार अवधिभर २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर १ अर्ब ६७ करोड ४ लाख ५५ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम आइतबारको तुलनामा बढेको छ ।
कारोबार रकमको आधारमा यस दिन रिडी हाइड्रोपावर अब्बल देखिएको छ । यस कम्पनीले ३० करोड ८३ लाख रुपैयाँभन्दा माथिको कारोबार गर्न सफल भएको छ ।
सोमबार सयपत्री हाइड्रोपावरकोण सेयरमूल्य सर्वाधिक बढेको छ। यस संस्थाको सेयरमूल्य ३.१२ प्रतिशतले बढेर ३६४ रुपैयाँ पुगेको छ ।
आज अजोड इस्योरेन्सका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् । कम्पनीको सेयर मूल्य ७.३७ प्रतिशतले घटेर ४१५ रुपैयाँमा झरेको छ ।
यस दिन १४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन आएको छैन ।




















प्रतिक्रिया