Logo

अर्थ

आरएमडीसी लघुवित्तद्वारा अहिलेसम्मकै धेरै लाभांश घोषणा



काठमाडाैं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। लघुवित्तले घोषणा गरेको बोनस सेयर हालसम्मकै उच्च हो । कुल लाभांश पछिल्लो ७ वर्ष यताकै उच्च हो ।

संस्थाको सञ्चालक समितिको हिजो मंसिर १९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा २६ प्रतिशतको बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार ११:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।