Logo

अर्थ

सेयर बजारमा गिरावट, एक अर्बकाे पनि भएन काराेबार



काठमाडाैं । साताको तेस्रो कारोबार दिन सेयर बजार ओरालो लागेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ बिन्दुमा ओर्लिएको छ । आज सेन्सेटिभ परिसूचक पनि १.५६ अंकले घेत्र ३७८.०८ बिन्दुमा झरेको छ ।

कारोबार अवधिभर २३८ कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा आज घटेको छ ।

कारोबार रकमको आधारमा यस दिन शिवम् सिमेन्ट्सको छ । यस कम्पनीले ८ करोड १२ लाख लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ । यस दिन ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार १५:४६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।