काठमाडाैं । मेगा बैंक नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ । बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । भोलि मंसिर २२ गते सार्वजनिक बिदा रहेकोले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको १२औँ वार्षिक साधारणसभा आउँदो पुस ७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ७.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश (करसहित) छन्।
बोनस सेयर जारी गरेपश्चात बैंकको पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सोही सभाले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीचको मर्जर प्रयोजनका लागि संयुक्त मर्जर समितिको सिफारिसमा बैंकका सञ्चालक समितिले स्वीकृत गरेको १००:९० सेयर स्वाप रेसियोसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका सम्पूर्ण एजेन्डाहरू स्वीकृत गर्नेछ।




















प्रतिक्रिया