काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । छापावाला सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँ र तेजाबी मूल्य ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३५० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया