नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा भारी मतान्तरले विजयी हुने बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उपसभापति खड्काले संसदीय दलको नेतामा सभापति देउवा भारी मतले विजयी हुने बताएका हुन् । ‘चुनावी प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ,’ उनले भने, ‘देउवा भारी मतका साथ विजयी हुनुहन्छ ।’
उपसभापति खड्काले देउवाकै नेतृत्वमा कांग्रेस पहिलो पार्टी भएकाले सबै दललाई मिलाएर लैजान सक्ने नेतृत्व आवश्यक रहेको बताए । ‘देउवाको नेतृत्वमा कांग्रेस पहिलो पार्टी भएको छ । सबै दल जोड्ने अनुभव छ । शासन चलाउने अनुभव आवश्यक छ । त्यसैले सबै दलले स्वीकार्ने नेतृत्व आवश्यक छ,’ उनले भने ।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन १२ बुँदे सहमतिलाई कार्यान्वयन गर्नुपर्ने अबको सरकारको जिम्मेवारी भएकाले अधुरो काम र संविधानको रक्षा समृद्धिका लागि आवश्यक अनुभव देउवामै भएको बताए । उपसभापति खड्काले पुस्तान्तरण देउवाकै नेतृत्वमा हुने बताए ।




















प्रतिक्रिया