Logo

अनलाइनपाना खोज

नेपाल इन्भेष्टमेन्ट बैंक कर छली प्रकरणमा ८ जनाको बयान सकियो, मुद्धा मिलाउन महानिर्देशकै सरुवा गराउन लबिङ [फलोअप]



काठमाडौंं । आयकर छलीको अभियोगमा अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागले नेपाल इन्भेष्टमेन्ट बैंकका ८ जना उच्च तहका कर्मचारी सहितक संचालकहरूको बयान सकाएको छ ।

बैंक स्रोतका अनुसार दुई जना अडिटर, दुई जना विभागीय प्रमुख र चार जना सञ्चालक गरी आठ जनालाई विभागले बयान लिइसकेको छ थपको पनि बयान लिने क्रम जारी छ ।

विभागले ट्याक्स तिर्नका लागि पर्याप्त समय दिएको देखिए पनि बैंक भने शक्तिकेन्द्रबाट मिलाउन लगाउने तर्फ लागेपछि प्रक्रिया थप अघि बढेको छ । विभागले २०७९ असोज २४ गते बैंकलाई पत्र काटेको थियो । प्रशासन डटकमले पुष ५ गते यसबारे विस्तृत रिपोर्ट ब्रेक गरेको थियो ।

अरबौँ रुपैयाँ राज्यलाई तिर्नुपर्ने देखिएसँगै तिरमिराएको बैंकका सञ्चालकसहित केही अधिकारीहरू महानिर्देशककै सरुवा गर्ने भन्दै शक्तिकेन्द्रमा लबिङ गर्न पुगेको बैंकका एक उच्च अधिकारीले बताए । तर सरकारले बयान नै लिई सकेको अवस्थामा मुद्धा मिलाउन त्यति सजिलो छैन । राज्य कोषमा आउने अरबौँ रुपैयाँ जो कोही विभागीय प्रमुख आएपनि पछि हट्न सक्ने अवस्था नरहेको अर्थ मन्त्रालय श्रोत बताउँछन् ।

‘सरकारले कानुनअनुसार अघि बढाएको प्रक्रिया त्यसै रोकिने भन्ने हुँदैन’ उनले भने, ‘बरु अझ कडाइका साथ कार्यरत कर्मचारीलाई उच्च मनोबल थप्दै गलत काम रोक्न प्रोत्साहन गर्नुपर्छ’।

विभागीय प्रमुखकै निगरानीमा अनुसन्धान अधिकृतले बयान लिने कार्य गरिरहेकोले पनि फाइल अघि बढ्ने कुरा निश्चित छ । यसबारे विभागसँग बुझ्दा अनुसन्धानकै क्रममा रहेको विषयमा बोल्न नमिल्ने जनाएको छ भने बैङ्कका अधिकारीसमेत आफ्नो धारणा दिन मानिरहेका छैनन् ।

यो पनी पढ्नुहोस् ।

नेपाल इन्भेष्टमेण्ट बैङ्कले अर्बौं आयकर छल्यो, राजश्व अनुसन्धान विभागले थाल्यो छानबिन

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार २२:४८   :  बजे

4.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।