Logo

अर्थ

प्राइम लाइफ र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडाैं । प्राइम लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (पुस ७ गते) अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज पुस ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्राइम लाइफले आफ्नो १५ औँ वार्षिक साधारणसभा आउँदो पुस २४ गते आयोजना गर्ने निर्णय गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको १३ प्रतिशतले हुन आउने बोनस सेयर पारित गर्नेछ । बोनस सेयर कर प्रयोजनार्थ छुट्याइएको १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँबराबरको नगद लाभांश पनि सभाले अनुमोदन गर्नेछ।

यसैगरी नेपाल इन्स्योरेन्सले आफ्नो ७४ औँ वार्षिक साधारणसभा पुस २२ गते बोलाएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित कुल ८.४२११ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२११ प्रतिशत नगद लाभांश छन्।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार ११:०८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।