Logo

स्वास्थ्य

बुढानिलकण्ठ स्कुलमा ५ सय ३८ डाक्टरले दिए परिक्षा, अपनाईयो सुरक्षा सतर्कता



काठमाडौं । कोरोना महामारीले गर्दा ठप्प कतिपय गतिविधि सुचारु हुन थालेका छन् । यसैको एउटा उदाहरण ५ सय ३८ जनाले आज डाक्टरको प्रमाणपत्रको लागी परिक्षा दिएका छन् ।

यति धेरै मानिसहरु एक ठाउँमा जम्मा हुँदा जोखिम हुने भएता पनि बुढानिलकण्ठ स्कुलको कुशल व्यवस्थापनले गर्दा यतिको संख्यामा एकै ठाउँमा परिक्षा लिन सम्भव भएको बताईएको छ  ।

पुर्ण रुपमा सुरक्षा सतर्कता अपनाईएको परिक्षा स्थलमा भौतिक दुरी कायम गरिएको थियो । परिक्षार्थी र परिक्षा लिने नेपाल मेडिकल काउन्सिलले समेत परिक्षा व्यवस्थापनमा निभाएको भूमिका प्रति स्कुलको प्रशंसा गरेका छन् ।

परिक्षा स्थलमा परिक्षार्थीहरुको लाईनमा भौतिक दुरी कायम गरिएको थियो भने प्रसस्त स्यानिटाईजरको व्यवस्था गरिएको थियो ।

121679315_434285467553663_8457876979374457412_n.jpg

121700256_350977772913972_6451126495700399938_n.jpg

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार  ३ : ०६ बजे