Logo

प्रमुख समाचार

देउवाले नैतिकताको आधारमा राजीनामा दिउँन्, नत्र विशेष महाधिवेशन बोलाइनेछ : गुरूराज घिमिरे



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।

एमाले(माओवादी नेतृत्वको नयाँ समीकरण बनेसँगै नेता घिमिरेले ट्वीटमार्फत देउवालाई नैतिकताको आधारमा तत्काल राजीनामा दिन भनेका हुन् । उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउने पनि उल्लेख गरेका छन् ।

गठबन्धन गलत भन्दाभन्दै किन गरियो ? भन्ने प्रश्न गर्दै घिमिरेले लेखेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ। राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ ।’

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ०७:०८   :  बजे

288
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।