काठमाडौँ । कर्णाली प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार प्रदेश सभाका ३९ जना सदस्यहरूलाई ज्येष्ठ सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। शाहलाई सोमबार बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए ।
दैलेख २ (ख) बाट निर्वाचित ६६ वर्षीय शाह नेकपा एमालेका कर्णाली प्रदेश सदस्य हुन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली काँग्रेसका १४ जना सांसद छन् ।
नेकपा माओवादीबाट १३, नेकपा एमालेबाट १० जना सांसद छन् । नेकपा (एकीकृत समाजवादी) र राप्रपाबाट एकरएक जना सांसद छन् । स्वतन्त्र एक जना सांसद छन् ।




















प्रतिक्रिया