Logo

प्रमुख समाचार

जब शपथ ग्रहण गर्न जाँदा मन्त्री जाममा फसेपछि…



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी ज्वालाकुमारी साह ढिला गरी शपथमा पुगेकी छन् । बिना विभागीय मन्त्री बनेकी उनी राजधानीको ट्राफिक जाममा परेका कारण ढिलागरी शपथमा पुगेकी हुन् ।

प्रधानमन्त्री प्रचण्डसहित ७ मन्त्रीले शपथ लिएपछि मात्रै उनी शीतल निवास पुगेकी थिइन् । ढिलागरी पुगेकी उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य मन्त्रीहरूले शपथ लिएपछि एक्लै शपथ गराएकी थिइन् ।

शीतल निवास स्रोतका अनुसार चर्को जामका कारण उनी निर्धारित समयमा शीतल निवास पुग्न नसकेकी हुन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १७:०८   :  बजे

408
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।