Logo

प्रमुख समाचार

प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक सुरु



काठमाडौँ । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक सुरु भएको हो ।

६:३० बजे बस्ने भनिएको बैठक केही ढिलो गरी शुरु भएको हो ।

आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद तथा गोपनीयताको शपथ खाएका थिए । शपथसँगै सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमपछि सिंहदरवार पुगेर पदभार ग्रहण गरेका थिए । त्यसको केही बेरमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार २०:३३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।