Logo

प्रमुख समाचार

बागमती एमाले संसदीय दलको नेतामा थपलिया सर्वसम्मत



मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् । प्रदेशसभाको दोस्रो ठूलो दल एमालेले थपलियालाई सर्वसम्मत दलको नेता छनोट गरेको हो ।

बिहीबार हेटौंडामा बसेको संसदीय दलको वैठकले उनलाई दलको नेता चयन गरेको हो । उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।

थपलिया चितवन १ (१) बाट निर्वाचित भएका हुन् । थपलिया मुख्यमन्त्रीको दाबेदारसमेत हुन् । बागमती प्रदेशसभामा एमालेको २७ जना सदस्य छन् ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १५:१७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।