काठमाण्डौ । नेपालको हार्ड ड्रिङ्क्स र बियरको मार्केट लिडरमध्ये एक जवलाखेल ग्रुप अफ इन्डस्ट्रिजले विगत कयौँ वर्षदेखि आफ्ना उत्कृष्ट उत्पादनहरुले धेरैको मन जित्दै आएको छ । आफ्नो उपभोक्ताका लागि नयाँ उत्पादन ल्याउन क्रममा जवलाखेल ग्रुपले प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्वस्तरीय गुणस्तरको प्रिमियम ह्विस्की ब्रान्ड ‘काला पत्थर’ ल्याएको छ ।
काला पत्थर एउटा ब्लेन्डेड रिजर्भ व्हिस्की हो, जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्यान्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ ।
काला पत्थरमा सोफिस्टिकेटेड रिच एन्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ । वर्ल्ड अर्चर्ड फ्रुट र टफीको क्रिमी स्विटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिन्छ । काला पत्थरको मजा बरफका साथ वा सीधै लिन सकिन्छ ।
काला पत्थर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लियर प्रिमियम बोतलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ ।




















प्रतिक्रिया