Logo

अर्थ

निर्धन उत्थान लघुवित्तको २० प्रतिशत लाभांश घोषणा



काठमाडाैं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ ।संस्थाको सञ्चालक समितिको मंगलबार (पुस १९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिश नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार ११:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।