Logo

अर्थ

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्धारा प्रशिक्षण दिइँदै



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकबाट प्रशिक्षण दिँदै छ । आज (शुक्रबार)बाट धुलिखेलको आगन्तुक रिसोर्टमा सुरु भएको प्रशिक्षण कार्यक्रममा देशभरबाट १२५ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको शुभारम्भ पानसमा दिप प्रज्वलन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरे । साथै उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य व्यक्त गर्दै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारे ।

उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्याति प्राप्त प्रशिक्षक तथा सफल जीवनबीमा अभिकर्ता राजेश सतोष्कार छन् । कम्पनीले पुष २३ गते पनि आर्मी अफिसर क्लबमा करिब ८ सयजना अभिकर्ताहरुलाई प्रशिक्षण दिने तयारी गरेको छ ।

२०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवनबीमा कोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनीकोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु त्था ग्राहकहरूका लागि देशभरका १९७ कार्यालय सञ्जालहरूमार्फत जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाउपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

आफूलाई नेपालको सर्वाधिक विश्वासिलो दाबी गर्ने नेपाललाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लख १५ हजार ४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यकथप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १४:३८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।